×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईंको आन्दोलनबारे सुरक्षा परिषद्को विश्लेषण : ‘बैंकहरु निशानामा छन्, साखाहरु तारो बन्न सक्छन्’

अर्थ सरोकार

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार

PRIME CA

दुर्गा प्रसाईंको आन्दोलनबारे सुरक्षा परिषद्को विश्लेषण : ‘बैंकहरु निशानामा छन्, साखाहरु तारो बन्न सक्छन्’

काठमाडौँ । दुर्गा प्रसाईंको आन्दोलनलाई लिएर सुरक्षा परिषद्ले बैंक तथा वित्तीय संस्थाहरु निशानामा रहेको विश्लेषण गरेको छ । सरकारका चारवटै सुरक्षा अंगहरूको सहभागिता रहने परिषदले प्रसाईंको आन्दोलनमा २० देखि २५ हजार मानिस सहभागी हुने र तीमध्येबाट नियोजित रुपमा बैंक तथा वित्तीय संस्थालाई आक्रमण हुने खतरा भएको विश्लेषण गरेको हो ।

प्रहरी स्रोतका अनुसार परिषद्ले आक्रमणका लागि प्रसाईंका समर्थकले गुलेलीसमेत साथमा लिएको, यस विषयमा तालिम लिएको लगायतका कुराहरुमा पनि सुरक्षाकर्मीहरु सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ । परिषदले सोहि अनुसार मातहतका सबै सुरक्षा संयन्त्र र सुरक्षा संयन्त्रमार्फत सुरक्षाकर्मीहरुलाई आवश्यक निर्देशन दिएको बताइएको छ।  सुरक्षा परिषद्को विश्लेषणपछि शक्ति प्रदर्शन वरपर रहेका बैंक तथा वित्तीय संस्थाका साखाहरुमा विशेष निगरानी बढाउन मातहतका संयन्त्र र सम्बन्धित प्रहरी अधिकारीहरुलाई निर्देशन दिईसकिएको छ । प्रसाईंले शक्ति प्रदर्शन गर्ने ठाउँमा अधिकांश बाणिज्य बैंकका शाखाहरु छन् ।
विभिन्न समूह बनाएर प्रसाईंका समर्थकले आक्रमणको आवश्यक तयारी गरेको निष्कर्षसमेत सुरक्षा संयन्त्रको छ।
यता प्रसाईंले भने आफ्नो आन्दोलन शान्तिपूर्ण हुने बताईरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: