×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नै हाकिम नचिन्ने आशा लघुवित्तले वेवसाइटमा सुटुक्क विवरण सच्यायो

अर्थ सरोकार

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार

PRIME CA

आफ्नै हाकिम नचिन्ने आशा लघुवित्तले वेवसाइटमा सुटुक्क विवरण सच्यायो

काठमाडौँ । आशा लघुवित्तबाट जया लोहनीले राजिनामा दिएको थुप्रै समय भईसक्दा पनि, अझ कामु सीइओका नाममा कर्मचारीलाई भकाभक स्पष्टिकरण सोध्दा पनि कम्पनीको वेव साइटमा भने बद्री प्रसाद दुलाल डेपुटी सीइओ रहेको र कम्पनीको सीइओमा जया लोहनी सीइओका रुपमा रहेको भन्ने जानकारी राखिएकोबारे अर्थ सरोकारले समाचार लेखेपछि संस्थाले सुटुक्क वेवसाइटमा सो विवरण सच्याएको छ ।

अहिले भने वेव साइटको विवरणमा दुलाललाई कामु सीइओ नै उल्लेख गरिएको छ ।

जया लोहनीले केहि समय अगाडी संस्थाबाट राजिनामा दिएकी थिइन् । उनले राजिनामा दिएलगत्तै संस्थामा आन्दोलन सुरु भएको छ । विभिन्न मागहरु राखेर कर्मचारीहरु आन्दोलनमा छन् । लघुवित्तका कर्मचारीहरुले हाकिमहरुले निरीक्षणका क्रममा आफुहरुलाई पेलेको, धम्क्याएको, तर्साएको लगायतका आरोप लगाएर कामु सीइओ दुलालको राजिनामा मागेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: