×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘जग्गा र सेयरमा धेरै ऋण प्रवाह हुँदा समस्यामा आएको अर्थतन्त्र अहिले सकारात्मक दिशामा छ’ : अर्थमन्त्री महत

PRIME CA
GLOBAL IME BANK

‘जग्गा र सेयरमा धेरै ऋण प्रवाह हुँदा समस्यामा आएको अर्थतन्त्र अहिले सकारात्मक दिशामा छ’ : अर्थमन्त्री महत

६ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजोका दिनमा जग्गा र सेयरमा धेरै ऋण प्रवाह हुँदा समस्या देखिएकाे अर्थतन्त्र अहिले विस्तारै सकारात्मक दिशामा गइरहेको बताएका छन् । मध्यपुर थिमि नगरपालिकाले शंखधर साख्वा दिवसकाे अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले हिजोका दिनमा जग्गा र सेयरमा बढी ऋण प्रवाह भएकाले त्यसबाट प्रतिफल नआउँदा अर्थतन्त्रमा समस्या आएको उल्लेख गरे ।

‘हिजोको दिनमा धेरै ऋण प्रवाह गरियो, धेरै मानिसले जग्गा र सेयरमा लगानी गरे । यसैको प्रतिफल हो, हातमा नगद छैन, ऋण तिर्न धौधौ परेको छ’ मन्त्री डा. महतले भने-‘जसले धेरै ऋण लिएका थिए, ऊ नै किन तिर्ने ऋण भन्दै हिडिरहेका छन् । दुरुपयोग गर्नेको कुरा छाडौं, तर कोही गर्दागर्दै पनि साँच्चिकै समस्यामा परेका छन् । जो काम गर्न खोज्दाखोज्दै विविध परिस्थितिले अप्ठ्यारोमा परे त्यसलाई राज्यले हेर्नेछ ।’

अर्थमन्त्री महतले ऋण लिने तर ऋण तिर्दिन भन्न नपाइने उनको भनाई छ । ‘ ऋण लिने, दस ठाउँमा लगानी गर्ने र खाने तर तिर्दिन भन्न चाहिँ पाइँदैन । हाम्रो अर्थतन्त्र विस्तारै सकारात्मक दिशामा गइरहेको छ । विप्रेषण आइरहेको छ, अहिले पर्यटक सबैभन्दा धेरै आइरहेका छन् । सरकारले सडक सञ्जाल विस्तार गरेको छ, यसले आर्थिक रुपान्तरणमा ठूलो सहयोग पुग्नेछ ।’ उनले भने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: