×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नरले भनेजस्तै अर्थतन्त्र लयमा फर्किएको हो ? 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गभर्नरले भनेजस्तै अर्थतन्त्र लयमा फर्किएको हो ? 

Artha Sarokar

२३ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँमा आयोजित ३९औँ एशियन बैंकर्स एशोसिएसनको जनरल मिटिङ एण्ड कन्फरेन्समा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र लयमा फर्किएको दाबी गरे । उनले अर्थतन्त्र लयमा फर्किएको दाबी मात्रै गरेनन्, बरु अर्थतन्त्र लयमा फर्किनुमा राष्ट्र बैंकको नीति र बैंकिङ क्षेत्रको सहयोग रहेकोसमेत भन्न भ्याए । 

उनले भूकम्प र कोरोना महामारीका कारण शिथिल बनेको मुलुकको अर्थतन्त्र ‘रिकभर’ भएको र त्यसमा बैंकिङ क्षेत्रको ठूलो हात रहेको दाबी गरे । 

तर, यही बेला बजारमा निम्न र मध्यमस्तरका जनता र व्यापारमा भने समस्या देखिइरहेका छन् । अहिले बजारमा व्यापार होइन, घरभेटीको भाडा मात्रै बढेको छ । सेल्स होइन, टेन्सन बढेको छ । ग्राहक होइन, बजारमा हिड्ने मान्छेहरुको भीड मात्रै बढेको छ । आसैआसमा गर्मीमा लगाउने कपडाहरु स्टोरमै छन्, जाडो महिनामा लगाउने कपडा पोहोरकै बिकेका छैनन्, यसपालि बिक्ने आशा एकदम कम छ । समग्रमा उनीहरुका लागि गभर्नरले भनेजस्तो अर्थतन्त्र लयमा आएको छैन । बरु घरभेटीको भाडा, स्टाफको तलब, आफ्नो खर्च र पसल कसरी जोगाउने भन्ने तनाव छ ।

भुइँमान्छे, साना तथा मझौला व्यवसायीहरुका लागि अर्थतन्त्र अझै पनि लयमा आएको छाँट देखिएको छैन । बरु शहरहरुमा चोरी बढेको छ, लुटपाट बढेको छ । 

यतिसम्म कि अर्थविद् तथा जानकारहरु पनि अहिले मुलुकको अर्थतन्त्र लयमा फर्किसकेको स्थिति नभएको दाबी गर्छन् । जुन कुरालाई बजारमा देखिएको मन्दी र सुस्ताएको व्यवसायले नै पुष्टि गर्ने उनीहरुको तर्क छ । तर प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरले विभिन्न समयमा अर्थतन्त्रका बारेमा दिने अभिव्यक्ति हास्यास्पद रहेको जानकारहरु बताउँछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी