काठमाडौँ । देशको अर्थतन्त्रको विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बोलाएको बैठक सोमबार बस्ने भएको छ । अर्थतन्त्र सुधारका लागि छलफल गर्नका लागि प्रधानमन्त्रीले बोलाएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।
प्रधानमन्त्रीले बोलाएको बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायतका सरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
सोमबार बस्ने बैठकमा अर्थतन्त्रको वर्तमान अवस्था र आगामी योजनाका विषयमा छलफल गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक सोमबार दिउँसो साढे ४ बजे बस्नेछ ।
यसो त प्रधानमन्त्री प्रचण्डले शुक्रबार तनहुँको आबुखैरेनीमा आयोजित कार्यक्रममा बोल्दै अर्थतन्त्रको सुधारको लागि सरकारले केही दिनपछि ठोस प्याकेज ल्याउन लागेको बताएका थिए । उनले आफू सरकारमा आउँदा अर्थतन्त्रको अवस्था राम्रो नभएको र अहिले सुधारोन्मुख रहे पनि दबाबमुक्त नरहेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले भने अनुसार सोमबारको बैठकबाट अर्थतन्त्रको सुधारका लागि केही ठोस् निर्णय हुने अपेक्षा गरिएको छ ।
योसँगै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारको विषयमा निजी क्षेत्र, राजनीतिक दलहरू, विज्ञ र सरोकारवालाहरूसँग पनि छलफल गर्ने तयारी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्