काठमाडौँ । पोखरामा एटिएम मेसिनमा चोरीको प्रयास गर्ने एकजना पक्राउ परेका छन् । पोखराको सभागृहमा रहेको नबिल बैंकको एटिएम फोडेर चोरी गर्न लाग्दै गर्दा प्रहरीले बबि ठाकुरलाई पक्राउ गरेको हो ।
ठाकुरलाई एटिएम मेसिन फोड्न लाग्दै गर्दा पक्राउ गरिएको बैदाम प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
डिएसपी श्रेष्ठका अनुसार ठाकुरको पोखरा नयाँ बजारमा सैलुन पसल छ । पक्राउ परेको ठाकुरको साथबाट रड, पेचकस, कपाल काट्ने कैँची लगायतका सामान बरामद गरिएको छ ।
हाल उनीविरुद्ध चोरी उद्योग मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् । एटिएम फोड्न लाग्दा ठाकुरलाई पक्राउ गरेकाले मेसिनमा कुनै क्षति भने भएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्