×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK updated

सबै बैंकले एटिएम मेसिनमा अनिवार्य सिसिटिभी राख्नुपर्ने, ग्राहकको अनुहार स्पष्ट देखिनुपर्ने, रेकर्ड ९० दिनसम्म रहनुपर्ने !

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना एटिएम मेसिनहरुमा ९० दिनसम्मको रेकर्ड रहनेगरी अनिवार्य रुपमा सिसिटिभी क्यामेरा राख्नुपर्ने भएको छ । नियामक राष्ट्र बैंकले सोमबार भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन जारी गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।
राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार सो सिसिटिभीमा ग्राहकको अनुहार स्पष्ट देखिने हुनुपर्छ भने पिन नम्बर ठम्याउन नसकिनेगरी राख्नुपर्नेछ । अहिले केहि बैंक तथा वित्ती संस्थाले ग्राहकले पिन दबाएको देखिने तर ग्राहकको अनुहार नदेखिनेगरी उल्टो पारामा सिसिटिभी राख्दै आएका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: