×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋणीहरु सम्पर्कमै आउन छोडेपछि अभियान लघुवित्त पनि घाटामा, अन्य सूचककोसमेत ‘हरिबिजोग’ !

अर्थ सरोकार

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार

PRIME CA

ऋणीहरु सम्पर्कमै आउन छोडेपछि अभियान लघुवित्त पनि घाटामा, अन्य सूचककोसमेत ‘हरिबिजोग’ !

काठमाडौँ । ऋणीहरु सम्पर्कमै आउन छोडेपछि अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड पनि घाटामा गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनी २ करोड ८३ लाख रुपैयाँ घाटामा गएको हो ।

मन्दीका कारण मारमा परेर समयमा किस्ता नतिर्ने ऋणीहरुले लघुवित्त विरुद्धको संघर्ष समिति तथा दुर्गा प्रसाईंको आन्दोलन सफल भए ऋण मिनाहा हुन्छ भन्ने आशमा ऋण तिर्न नै छोडेका छन् । ऋण तिर्न मात्र होइन अहिले ऋणीहरु लघुवित्तको सम्पर्कमै आउन छोडेका छन् । यही कारण पनि कर्जा असुलीमा दबाब पर्दा लघुवित्त घाटामा गएको हो ।

लघुवित्तले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ४०.९९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानीमा पनि ५८.६९ प्रतिशतको गिरावट आएको छ । त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ४७ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि ऋणात्मक रहेको छ । यसअवधिमा लघुवित्तको यस्तो आम्दानी ४५ रुपैयाँ ३७ पैसा ऋणात्मक रहेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ ९९.६ प्रतिशत रहेको छ । २५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोष ९ लाख ९१ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: