काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँ महानगरपालिका बिक्रीमा नभएको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै मेयर शाहले यस्तो अभिव्यक्ति दिएका हुन् ।
मंगलबार पार्क भिलेज रिसोर्टमा भएको उपत्यकाका मेयर तथा उपमेयरहरुको मेयर्स फोरमको बैठकबाट बालेन शाह झोक्किएर निस्किएको खबर प्रकाशित भएपछि शाहले फेसबुकमार्फत यस्तो जवाफ दिएका हुन् । उनले उक्त बैठक कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक भएको आरोप समेत लगाएका छन् । उनले भनेका छन्– ‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो, कसैको अपमान गरेको होइन ।’
योसँगै मेयर शाहले देशको नेतृत्व गरिरहेको राजनीतिक दलका नेताहरुले देश बेच्न खोजेको पनि आरोप लगाएका छन् । ‘नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नु भो’, उनले स्टाटसमा लेखेका छन्, ‘तर काठमाडौँ महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देशनै बेच्नुभो भने पनि काठमाडौँ एक्लै नेपाल भनेर उभिनेछ ।’
बालेनको यस्तो प्रतिक्रियापछि अहिले उनका समर्थकहरुले सामाजिक सञ्जालमा बालेन शाहको हाई-हाई गरिरहेका छन् । हाल उनको उक्त पोष्ट भाइरल छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्