×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनसंख्या २ करोड ९१ लाख, तर बैंक खाताको संख्या ५ करोड !

PRIME CA

जनसंख्या २ करोड ९१ लाख, तर बैंक खाताको संख्या ५ करोड !

अर्थ सरोकार

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार

काठमाडौँ । दुई करोड ९१ लाख जनसंख्या रहेको नेपालमा पाँच करोडभन्दा धेरै बैंक खाता रहेको पाइएको छ । बिहीबार वित्तीय ग्राहक संरक्षणका लागि नेपाल राष्ट्र बैंकबाट गरिएका व्यवस्थासम्बन्धी विवरण पुस्तिका सार्वजनिक गर्दै राष्ट्र बैंकले कुन जनसंख्या भन्दा दोब्बर बढी बैंक खाता रहेको तथ्य सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तसम्ममा नेपालको बैंकहरुमा निक्षेप खाताको संख्या ५ करोड ११ लाख ७७ हजार ९ सय २३ पुगेको छ । यद्यपि, यो क, ख र ग वर्गका वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिय स्तरका वित्तीय कम्पनीहरुमा खोलिएको निक्षेप खाताको संख्या मात्रै हो ।

बैंंकहरुमा खोलिएको निक्षेप खाताको संख्या नेपालको जनसंख्याको तुलनामा १.७५ गुणाले बढी हो । राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ ।

त्यस्तै, राष्ट्र बैंकका अनुसार सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा १८ लाख ४५ हजार २ सय १३ वटा कर्जा खाता खोलिएका छन् । जसमध्ये ८५.९३ प्रतिशत निक्षेप खाता र करिब ८१.९५ प्रतिशत कर्जा खाता वाणिज्य बैंकहरुमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: