×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकको ऋण तिर्न कसले राख्यो मृगौला बिक्रीमा ? 

PRIME CA
GLOBAL IME BANK

बैंकको ऋण तिर्न कसले राख्यो मृगौला बिक्रीमा ? 

४ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नवलपरासीका टल बहादुर परियारले बैंकको ऋण तिर्न आफ्नो मृगौला बिक्रीमा राखेका छन् । ३८ वर्षीय टल बहादुर परियारले बैंकबाट लिएको ऋण तिर्न नसकेपछि ऋण तिर्न र परिवार पाल्नका लागि मृगौला बिक्रीमा राखेका हुन् । उनले आफ्नो मृगौला बिक्री राखेको भन्दै सार्वजनिक गरेको पोस्टरहरु अहिले सामाजिक सञ्जालमा भाइरल छन् । 

उक्त पोस्टरमा उनले लेखेका छन्- ‘मेरो किड्नी बिकाउमा छ । कसैलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला । मलाई व्यवहार चलाउन धेरै गाह्रो भएको हुनाले म किड्नी बेच्ने खोजेको हो ।’ 

त्यस्तै, उनले सोही पोस्टरमार्फत आफूले मृगौला बिक्री गर्न लागेको काममा अवरोध नगर्न भन्दै नेपाल सरकारलाई आग्रहसमेत गरेका छन् । साथै उनले सो पोस्टरमा आफ्नो ब्लड ग्रुप ‘ए प्लस’ भएको भन्दै सम्पर्क नम्बरसमेत (९७०३३२७९**) उल्लेख गरेका छन् । उक्त पोस्टरमा राखिएको नम्बरमा फोन गरेर बुझ्दा उनले आफूले बैंकबाट ऋण लिएर गाडी किनेको र सोही किस्ता तिर्नका लागि मृगौला बिक्रीमा राखेका बताएका छन् ।

परियारका दुईवटा सन्तान छन् । उनकी श्रीमती हाल वैदेशिक रोजगारीका लागि कुवेत गएकी छिन् । तर, पछिल्लो चार महिनादेखि उनीसँग कुनै पनि सम्पर्क नभएको टल बहादुरले बताएका छन् । 

हाल नवलपरासीमा सुकुम्बासी बस्तीमा बस्दै आएको बताउँदै उनले परिवार चलाउनै मुस्किल भएको बताएका छन् । मृगौला बिक्रीको उक्त पोस्टर भाइरल भएपछि प्रहरीले बोलाएर परियारसँग बयान लिएको बुझिएको छ । उक्त पोस्टर हटाउन हाल प्रहरीले दबाब दिइरहेको परियारले बताएका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: