काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालका टिकटक बन्द गर्ने सरकारको निर्णय फिर्ता लिन दबाब दिएका छन् । सामाजिक सद्भाव कायम राख्न भन्दै सरकारले गरेको टिकटक बन्दको निर्णयको विरोध गर्दै शर्माले उक्त निर्णय फिर्ता लिन दबाब दिएका हुन् ।
कन्टेन्ट वा केही युजरका कारण समस्या देखिँदा सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय गलत भएको तर्क गर्दै शर्माले ‘गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने प्रधानमन्त्रीज्यु ?’ भन्दै प्रश्न गरेका छन् ।
त्यस्तै, टिकटक बन्द गर्ने निर्णयबारे विरोध गर्दै शर्माले बुँदागत रुपमा टिकटक बन्द गर्न नहुने कारणसहित उक्त निर्णय फिर्ता लिन दबाब दिएका हुन् । बुँदागत रुपमा उनले लेखेका छन्ः
१) आज टिकटक बन्द, भोलि फेसबुक बन्द, पर्सि कसैले भनिदेला लोकतान्त्रिक शासन प्रणालीले देश बिग्रीयो भनेर, तब के गर्ने ? लोकतान्त्रिक प्रणाली नै भंग गरिदिने ? सरकार स्पष्ट होस्, राज्यले ‘स्वच्छन्दता’ नियन्त्रण गर्ने हो ‘स्वतन्त्रता’ नियन्त्रण गर्ने होइन !
२) सामाजिक–धार्मिक सहिष्णुताको रक्षा समाजको आत्मानुशासन र सरकारको शुसासनले हुने हो । सामाजिक सञ्जाललाई आत्मानुशासनमा कसरी ल्याउने, खुला छलफल गरौं । तार्किक निष्कर्ष पहिल्याऔँ र पालना गरौं !
३) सामाजिक द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ त्यही व्यक्तिको टिकटक बन्द गर, नो कमेन्ट । तर एउटा बिराउने, साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ ।
४) टिकटक मनोरञ्जनको साझा स्टेज बनेको छ । कलाकार जन्माएको छ । लाईभबाट कयौंले कमाएका छन् । व्यवसाय प्रवर्द्धन गरेका छन् । कयौंले सकारात्मक सम्प्रेषण गरेका छन् । दुरुपयोग जो जसले गरे, तिनलाई निरुत्साहित र नियन्त्रणको कडा बिधि बनाउ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्