×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको सीइओमा चार्टर्ड एकाउन्टेन्ट रामचन्द्र खनाल नियुक्त, बैंकलाई अझ अब्बल बनाउने बाचा !

PRIME CA

कुमारी बैंकको सीइओमा चार्टर्ड एकाउन्टेन्ट रामचन्द्र खनाल नियुक्त, बैंकलाई अझ अब्बल बनाउने बाचा !

१ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट रामचन्द्र खनाल कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त भएका छन् । बैंकको आज बसेको संचालक समितिको बैठकले उनलाई सीइओमा नियुक्त गरेको हो । उनी मर्जरअघि पनि कुमारी बैंकका सीइओ थिए । त्यसपछि कुमारी र एनसीसी मर्जर भएका थिए । मर्जरपछि तत्कालीन एनसीसी बैंकका रमेश राज अर्याल सीइओ भएका थिए भने खनाल डेपुटी सीइओ भएका थिए । अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै खनाल ४ बर्षका लागि सीइओ नियुक्त भएका हुन् ।

उनी नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का काउन्सिल सदस्य पनि हुन् ।

सिद्धार्थ बैंकमा ८ वर्ष काम गरेपछि उनी कुमारीमा एसिस्टेन्ट जनरल म्यानेजरमा प्रवेश गरेका थिए । त्यहाँ आउनुअघि उनले सानिमा बैंकमा पनि केहि समय काम गरेका थिए ।

अर्थ सरोकारसँग कुराकानी गर्दै उनले बैंकलाई आफ्नो नेतृत्वमा थप अब्बल बनाउन प्रयास गर्ने बताएका छन्  ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: