×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूकम्प प्रभावितलाई चौधरी ग्रुपले ‘ट्रान्जिसनल’ घर बनाइदिने

PRIME CA

भूकम्प प्रभावितलाई चौधरी ग्रुपले ‘ट्रान्जिसनल’ घर बनाइदिने

२१ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । भूकम्पबाट घरबारविहीन भएकाहरुका लागि चौधरी ग्रुपले ‘ट्रान्जिसनल’ घर बनाउने भएको छ । गत शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण घरबारविहीन भएका परिवारका लागि चौधरी ग्रुपले ‘ट्रान्जिसनल’ घर बनाइदिने भएको हो ।

पहिलो चरणमा चौधरी ग्रुपले रुकुमको चौरजहारी नगरपालिकाका भूकम्प पीडितका लागि ‘ट्रान्जिसनल’ घर बनाइदिने भएको छ । जसका लागि चौधरी फाउन्डेसनले नगरपालिकासँग सहमतिसमेत गरेको छ ।

रुकुमको चौरजहारी नगरपालिकामा भूकम्पका कारण घर भत्किएका ५० परिवारको लागि ‘ट्रान्जिसनल’ घर बनाइने चौधरी ग्रुपका महाप्रबन्धक मधुसुदन पौड्यालले जानकारी दिएका छन् । ‘ट्रान्जिसनल’ घर निर्माणको पहिलो चरणको काम सकिएलगत्तै सहयोगको थप कार्य गर्ने पनि चौधरी ग्रुपले जनाएको छ ।

यसअघि चौधरी फाउन्डेसनले २०७२ सालको भूकम्पमा घरबारविहीन भएकाहरुको लागि ३ हजार ‘ट्रान्जिसनल’ घर बनाइदिएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: