काठमाडौँ । कागेश्वरी मनोहरामा लागु औषधको कारोबार गर्ने २ जना व्यक्ति पक्राउ परेका छन् । कागेश्वरी मनोहरामा १ थान पेस्तोल, ३ थान गोली र २ सय ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
सो स्थानमा मिति २०८०-०७-१५ गते लागु औषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेका प्रहरी अनुसन्धान टोलीले पक्राउ गरेको हो ।
कागेश्वरी मनोहरामा अनुसन्धान गर्ने क्रममा लागु औषध कारोवारीले प्रहरीलाई नै लक्षित गरी पेस्तोल निकाली फायर गर्न लाग्दा प्रहरीको तर्फबाट जवाफी कारवाहीमा भारत वेष्ट बंगाल नक्सलबारी स्थायी वतन भएका ४८ वर्षिय मोहमद करिमको दाहिने गोडामा गोली लागेको छ । करिमको तत्काल उपचारको लागि मदर ल्याण्ड अस्पताल, पेप्सिकोलामा लगेको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
सो घटनामा संलग्न रहेका जिल्ला झापा, कचनकवल गाउँपालीका वडा नं ०७ स्थायी वतन भएका ३७ वर्षिय हर्क बहादुर लिम्बुसमेतलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा रहेका निजहरूको साथबाट १ थान पेस्तोल, ऐको गोली राउण्ड थान ३, ब्राउन सुगर जस्तो देखिने पदार्थ अं २ सय ग्राम, डिजीटल तराजु थान १ र नगद ५० हजार रुपैयाँसमेत बरामद गरेका थिए ।
त्यस्तै, पक्राउ परेका हर्क बहादुर लिम्बु मिति २०७४-१२-२९ गते मानव बेचबिखन मुद्दामासमेत परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्