×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरीको डरः तीनकुने हुँदै अफिस जाने बैंकका कर्मचारीले लगाउनै छोडे दौरा सुरुवाल र ढाका टोपी !

PRIME CA

प्रहरीको डरः तीनकुने हुँदै अफिस जाने बैंकका कर्मचारीले लगाउनै छोडे दौरा सुरुवाल र ढाका टोपी !

अर्थ सरोकार

११ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । काठमाडौँमा प्रहरीको डरले बैंकका कर्मचारीहरुले दौरा सुरुवाल र ढाका टोपी लगाउन छोडेका छन् । दौरा सुरुवाल र ढाका टोपी लगाउनेलाई प्रहरीले दुर्गा प्रसाईंको समर्थक भन्दै भकाभक पक्राउ गर्न थालेपछि काठमाडौंमा बैंकका कर्मचारीहरुले कार्यालय जाँदा दौरा सुरुवाल र ढाका टोपी लगाउनै छोडेका हुन् ।

अहिले भक्तपुर हुँदै जागिरका लागि तीनकुनेको बाटो भएर हिँड्नेहरु बढी त्रासमा छन् । दौरा सुरुवाल र ढाका टोपी लगाए राजावादी भन्दै प्रहरी पक्राउ गर्ने डरले अहिले धेरैले दौरा सुरुवाल नै लगाउन छोडेका छन् ।

तीनकुनेमा खटाइएका प्रहरीले दुर्गा प्रसाईंको समर्थक वा समर्थक जस्तै देखिनेहरुलाई पक्राउ गरिरहेको छ । यही कारण पनि अफिस जाँदा दौरा सुरुवाल लगाउन छोडेको एक बैंकका कर्मचारीले बताएका छन् । ‘आजभोली हामीले दौरा सुरुवाल र ढाका टोपी लगाउन छोडेका छौँ । अफिस जाँदा तीनकुने हुँदै जानुपर्छ । दौरा सुरुवाल र ढाका टोपी लगाउँदा प्रहरीले दुर्गा प्रसाईंको समर्थक भन्दै पक्राउ गरिहाल्छ ।’, एक बैंकरले भने, ‘डराइडराई पनि के लगाउनु भनेर अहिले दौरा सुरुवाल र ढाका टोपी लगाएका छैनौँ । अहिले दौरा सुरुवाल भन्दा सर्ट पाइन्टमै सेफ फिल गर्छौँ ।’

यसो त केही बैंकहरुले साताको पहिलो दिन अर्थात आइतबार दौरा सुरुवाल र ढाका टोपी नै लगाउने चलन चलाएका छन् । तर, दौरा सुरुवाल र ढाका टोपी लगाउँदा प्रसाईंको समर्थक भन्दै पक्राउ परिने डरले आजभोली बैंकरहरुले दौरा सुरुवाल र ढाका टोपी लगाउन छोडेका छन् ।

हुन पनि अहिले दौरा सुरुवाल र ढाका टोपी लगाउनेहरुलाई प्रहरीदेखि खास डर छ । ‘नागरिक मुक्ति’का नाममा व्यवस्था परिवर्तन गर्ने र राजा फर्काउने भन्दै आन्दोलन थालेका प्रसाईंको गतिविधिमाथि सरकारको चासो छ । यतिसम्मकि तीनकुने क्षेत्र वरपर त शंका लागेकै भरमा प्रहरीले प्रसाईंको समर्थक भन्दै मान्छेहरुलाई पक्राउ गरिरहेको छ । यही कारण पनि अहिले नागरिकहरु त्रासमा छन् ।

तीनकुनेबाट प्रहरीले दुर्गा प्रसाईंको आन्दोलनमा आउने वा दौरा सुरुवाल र ढाका टोपी लगाएकालाई पक्राउ गर्न थालेपछि अहिले ‘लोकतन्त्रको उपहास’ भन्दै सरकारको चौतर्फी विरोध भइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: