×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगी प्रकरणः फरार सूचीमा रहेका ढोरपाटनका मेयर सम्पर्कमा आए, भने- ‘सबैको बचत फिर्ता गर्छु’ 

PRIME CA

सहकारी ठगी प्रकरणः फरार सूचीमा रहेका ढोरपाटनका मेयर सम्पर्कमा आए, भने- ‘सबैको बचत फिर्ता गर्छु’ 

५ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बचतकर्ताको करोडौँ रकम अपचलन गरी फरार रहेका इमेज सहकारीका संस्थापक अध्यक्ष तथा बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सम्पर्कमा आएका छन् । बाग्लुङको र पोखरामा सञ्चालित इमेज सहकारीबाट बचत रकम हिनामिना गरेर फरार भएका मेयर नेपाली सम्पर्कमा आएका हुन् । 

उनले सामाजिक सञ्जालमार्फत सहकारीमा देखिएको समस्या समाधान गर्न तयार रहेको र सम्पत्ति विवरण सार्वजनिक गर्दै बचतकर्ताको बचत फिर्ता गर्न तयार रहेकोसमेत बताएका छन् । 

सहकारीका रकम हिनामिनाको विषय बाहिरिएपछि आफूलाई ज्यान मार्ने धम्की आएर फरार हुनुपरेको मेयर नेपालीले बताएका छन् । ‘केही साथीहरू मेरो घरमा हतियारसहित आएर म लगायत मेरो श्रीमती र छोरीको ज्यान मार्ने धम्की दिने र ६ लाख बचत भएको व्यक्तिहरुले ५ करोडको घरजग्गा मेरो नाममा पास गरिदिने भनेर दबाब दिएका कारण म केही समयको लागि घर बाहिर बस्न बाध्य भए ।’, नेपालीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

त्यस्तै, उनले आफू मेयर भएकाले पनि सहकारीमा समय दिन नसक्दा बचतकर्ताहरुको बचत एकैपटक फिर्ता गर्न नसकेको पनि बताएका छन् । मेयर नेपालीविरुद्ध हजारौँ बतकर्ताहरुले करोडौँ ठगी गरेको भन्दै उजुरी दिएका छन् । तर, बचतकर्ताहरुले दिएको उजुरीमा कतिपयले १० हजारको सट्टा १० लाखको निवेदन दिएको पनि बताएका छन् । 

साथै उनले आफ्नो सम्पत्ति बेचेर भए पनि सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने भन्दै समय माग्दा पनि समय नपाएपछि घर छोड्न बाध्य भएको बताएका छन् । यस्तो छ मेयर नेपालीको वक्तव्यः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: