काठमाडौँ । तीन करोड खर्च गरेर सञ्चालनमा आएर बन्द भएको द्रुत बस सेवाका लागि थप २० लाख खर्च गर्ने तयारी गरिएको छ । सञ्चालनमा आएको महिना दिन पनि नबित्दै बन्द भएको उक्त सेवालाई थप प्रभावकारी बनाउने भन्दै सडक विभागले थप २० लाख खर्च गर्ने तयारी गरेको हो ।
यसो त यसअघि ४ वटा कम्पनीमार्फत सडकमा रातो रंग लगाउने, ट्राफिक संकेत राख्ने काममा विभागको करिब ३ करोड १० लाख रुपैयाँ खर्च भइसकेको छ ।
तर, उक्त खर्चको बिल भुक्तानी हुन नपाउँदै विभागले द्रुत बस सेवालाई प्रभावकारी बनाउने भन्दै उक्त रुटमा डिभाइडर राख्न थप २० लाख खर्च गर्ने भएको हो ।
विभागले पुनः खर्च गर्न लागेको २० लाख अन्तर्गत डेडिकेटेड लेन बनाउनका लागि करिब ६ सय वटा डिभाइडर खरिद गरिनेछ । त्यस्तै, विभागले सोही खर्च अन्तर्गत डोरी पनि खरिद गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्