×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा भर्सेस महेशः उपत्यकामा बिहानैदेखि प्रहरी स्ट्यान्डबाई, बैंकका शाखाहरुमा विशेष सुरक्षा !

PRIME CA
GLOBAL IME BANK

दुर्गा भर्सेस महेशः उपत्यकामा बिहानैदेखि प्रहरी स्ट्यान्डबाई, बैंकका शाखाहरुमा विशेष सुरक्षा !

७ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । दुर्गा प्रसाईं र युवा संघको आन्लोलनलाई लक्षित गर्दै बिहीबार बिहानैदेखि काठमाडौँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । दुवै समूहको आन्दोलनले सुरक्षा ‘थ्रेट’ सिर्जना गरेपछि बिहानैदेखि उपत्यकका मुख्य चोक, सार्वजनिक स्थान, स्कुल–कलेज, सरकारी कार्यालय तथा राजनीतिक क्षेत्रमा प्रहरी परिचालन गरिएको हो ।

त्यस्तै, बिहीबार उपत्यकाका बैंक तथा वित्तीय संस्थामा पनि विशेष सुरक्षा बढाइएको छ । बिहीबार उपत्यकामा हुने दुर्गा प्रसाईंको आन्दोलनमा ठूलो संख्यामा बैंक तथा वित्तीय संस्थाका ऋणीहरु सहभागी भएकाले बैंक तथा वित्तीय संस्थामा आक्रमण गर्न सक्ने भन्दै सुरक्षा बढाइएको हो ।

यसो त प्रसाईंको आन्दोलनलाई लिएर सुरक्षा परिषद्ले बैंक तथा वित्तीय संस्थाहरु निशानामा रहेको विश्लेषण गरेको थियो । परिषद्को यस्तो विश्लेषणपछि शक्ति प्रदर्शन वरपर रहेका बैंक तथा वित्तीय संस्थाका शाखाहरुमा विशेष निगरानी बढाउनुका साथै विशेष सुरक्षाको समेत व्यवस्था गरिएको छ । विभिन्न समूह बनाएर प्रसाईंका समर्थकले आक्रमणको आवश्यक तयारी गरेको निष्कर्षसमेत सुरक्षा संयन्त्रको छ ।

यद्यपि प्रसाईंले भने आफूनो आन्दोलन शान्तिपूर्ण हुने बताइरहेका छन् ।

बिहीबार बिहानैदेखि उपत्यकाका सडक सुनसानप्राय देखिएका छन् । आन्दोलनलाई लक्षित गर्दै गृह प्रशासनले काठमाडौंको माइतीघरदेखि बानेश्वर क्षेत्रमा आन्दोलन तथा जुलुस गर्न प्रतिबन्ध लगाएको छ । त्यस्तै, प्रशासनले राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा लागू गरेको छ ।

बिहीबार युवा संघले तिनकुनेमा कार्यक्रम गर्दैछ भने दुर्गा प्रसाईं समूहको कार्यक्रम बल्खुमा हुँदैछ । आजको प्रदर्शनलाई युवा संघले ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध’को प्रदर्शन भनेको छ भने दुर्गा प्रसाईंले भने नागरिक मुक्तिको नाममा व्यवस्था परिवर्तनको लागि भएको बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: