काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले आफ्नो मिसन एमाले नभएर गरिबको पैसा खाने शोषक भएको बताएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गरिरहेका प्रसाईंले आफ्नो मिसन कुनै पनि राजनीतिक दल नभएको बताएका हुन् । उनले आफ्नो उडाई गरिब नागरिकको पैसा खाने शोषकहरुसँग भएकोसमेत बताएका छन् ।
मंसिर ७ गते हुन लागेको आन्दोलनको एउटै मात्र उद्धेश्य ‘नागरिक उन्मुक्ति’ भएको प्रसाईंको भनाई छ । उनले एमाले र आफूहरुको आन्दोलन एकै दिन परे पनि आफ्नो मिसन एमाले नभएको बताए ।
‘गाउँगाउँबाट लघुवित्त/सहकारीका पीडितहरु झोला बोकेर आन्दोलनका लागि काठमाडौँ आउँदैछन् । हाम्रो आन्दोलनमा बैंक तथा वित्तीय संस्थाका ऋणीहरु मात्र होइन पूर्व बैंकरहरु पनि जोडिएका छन् ।’, प्रसाईंले भने, ‘कुनै पनि हालतमा बैंक तथा वित्तीय संस्थामा भएको २० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्छ । हाम्रो आन्दोलनको मुख्य मिसन नै गरिबका पैसा खाने शोषक हुन् । आन्दोलन सफल पारेरै छोड्छौँ ।’
त्यस्तै, प्रसाईंले यदी सरकारले आफूहरुको माग सम्बोधन गर्छ भने आन्दोलन स्थगित गर्न तयार रहेको पनि बताएका छन् । आन्दोलनको मुख्य मिसन ‘नागरिक उन्मुक्ति’ भएकाले सरकारले त्यसका लागि पहल गरे मंसिर ७ गतेको आन्दोलन स्थगित गर्ने प्रसाईंको भनाई छ ।
अहिले प्रसाईंको आन्दोलनका लागि काठमाडौँ आउनेहरुको संख्या पनि बढ्दै गएको पाइएको छ । आन्दोलन सफल भए ऋण तिर्नुपर्दैन भनेपछि प्रसाईंको आन्दोलनमा सहभागी हुने बैंक तथा लघुवित्तका ऋणीहरुको संख्या बढेको हो । योसँगै प्रसाईंको आन्दोलनमा जोडिएका पूर्व बैंकरहरुको समूह पनि ठूलो रहेको छ ।
यता मंसिर ७ गते हुने दुर्गा प्रसाईंको आन्दोलन र एमालेको प्रदर्शनमा तनाव सृजना हुने स्थिति देखेपछि गृह प्रशासनले माइतीघरमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक निर्णय लिन छलफल भइरहेको बुझिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्