×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाजरकोट र रुकुम पश्चिममा सरकारले ५/५ करोड पठाउने 

PRIME CA

जाजरकोट र रुकुम पश्चिममा सरकारले ५/५ करोड पठाउने 

१८ कार्तिक २०८०, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सरकारले भूकम्प प्रभावित क्षेत्रमा ५/५ करोड रुपैयाँ पठाउने भएको छ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा खोज, उद्धार तथा उपचारका लागि सरकारले तत्काल विपद् व्यवस्थापन कोषमा ५/५ करोड रुपैयाँ पठाउने भएको हो । 

तत्कालको खोज, उद्धार तथा उपचारको कार्यलाई पहिलो प्राथामिकता दिने भन्दै सरकारले उक्त रकम पठाउने लागेको हो । उक्त रकम सरकारले जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय गरेको छ ।

त्यस्तै, गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले घाइतेको तत्काल औषधि उपचारका लागि आवश्यक पर्ने औषधि तथा चिकित्सकसहितको जनशक्ति तत्काल परिचालन गर्नेसमेत निर्णय गरेको छ । योसँगै प्राथमिक राहत व्यवस्थापनका लागि खाद्यान्न, टेन्ट, त्रिपाल, कम्बल लगायतका सामाग्री प्रभावित जिल्लाको अवस्था र आवश्यकताका आधारमा तत्काल परिचालन गर्ने निर्णयसमेत भएको छ ।

हाल भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा घाइतेको उपचारको काम भइरहेको छ । सँगै भूकम्पका कारण अवरुद्ध भएका सडक तत्काल खुलाउनका लागि पनि पहल भइरहेको सडक विभागले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: