काठमाडौं । सरकारले भूकम्पमा परी घाइते भएकाहरुको सबै उपचार निःशुल्क गर्ने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
शुक्रबार राती जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरुको राहत, उद्धार, पुनर्स्थापना तथा उपचारार्थ निर्णय गर्न बसेको बैठकले घाइतेहरूका सबै उपचार निःशुल्क गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिएका छन् ।
त्यस्तै, बैठकले भूकम्प प्रभावित क्षेत्रमा घाइतेको उपचार, राहत र पुनर्स्थापना गर्ने कार्यलाई तिव्रता दिनेसमेत निर्णय गरेको छ ।
स्वास्थ्यमन्त्री बस्नेतका अनुसार तत्काल चाहिने खाद्यान्न, त्रिपाल तथा टेन्टल गायतका राहत सामाग्री भूकम्प प्रभावित क्षेत्रमा पुगिसकेको छ । बैठकले २०७२ सालको भूकम्पका बेला काम गर्ने क्रममा भएका कमजोरीहरुलाई सुधार गर्दै प्रभावित क्षेत्रको आवश्यकतालाई उच्च प्राथामिकतामा राख्दै काम गर्ने निर्णय गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्