काठमाडौँ । सरकारले भूकम्पमा परी ज्यान गुमाएकाहरूको परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई जनही दुई लाख राहत दिने निर्णय गरेको हो ।
शुक्रबार मध्यरात जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ज्यान गुमाएकाको परिवारलाई प्रतिमृतक दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको सरकारको प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।
मन्त्री शर्माका अनुसार बैठकले बाँकेको नेपालगञ्ज र कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई मुख्य बिन्दु बनाएर उद्धार, राहत तथा पुनर्स्थापना कार्यलाई तिव्रता दिने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले भूकम्पमा परी घाइते भएकाहरूको सबै उपचार निःशुल्क गर्ने निर्णयसमेत गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्