×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेर ५० करोड असुली, तिहारपछि झन् धेरैको काटिने ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

विद्युत महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेर ५० करोड असुली, तिहारपछि झन् धेरैको काटिने ! 

Artha Sarokar

२३ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले महसुल नतिर्ने देशभरीका २१ हजार ग्राहकको लाइन काटेको हो । पटकपटक ताकेता गर्दा पनि महसुल नउठेपछि लाइन काट्न बाध्य भएको प्राधिकरणले जनाएको छ । लाइन काटेर प्राधिकरणले करिब ५० करोड रुपैयाँ असुल गरेको छ । 

देशैभरी महसुल उठाउने अभियानमा रहेको प्राधिकरणले तिहारपछि लाइन काट्ने तथा महसुल असुली गर्ने कार्यलाई थप तिव्रता दिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।

यसो त मिटर रिडिङ भएको मितिले १६औँ दिनसम्म ५ प्रतिशतका दरले र ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ । तर, ४०औं दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ । यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । 

त्यस्तै लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताहरुलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ । र सोही प्रावधानमा टेकेर तिहारपछि लाइन काट्ने तथा महसुल असुलीको कार्यलाई थप प्रभावकारी बनाउने भन्दै प्राधिकरणले विद्युत महसुल तिर्न बाँकी रहेको ग्राहकलाई जिम्मेवार बन्न र महसुल बुझाउनसमेत आग्रह गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी