काठमाडौँ । आशा लघुवित्तमा चलिरहेको आन्दोलन उत्कर्षउन्मुख देखिएको छ । कुल १९७ कर्मचारीले सामुहिक राजिनामा गरेपछि सुरु भएको लफडा मिलाउनुको साटो व्यवस्थापन थर्काएरै तह लगाउने लाइनमा लागेपछि आन्दोलन झन् उग्र भएको हो । कर्मचारीलाई वार्तामा बोलाउनुको साटो व्यवस्थापनले व्यक्तिरुपमा फोन गर्ने, राजिनामा स्वीकृत गरिदिने धम्की दिने, केहि कर्मचारीलाई जवर्जस्ती हस्ताक्षर गर्न लगाइएको हल्ला फैलाउने लगायतका काम गरेपछि पुन: सबै कर्मचारीले आफुहरुलाई कसैले बहकाउमा लगाएको नभई आफुहरुले सल्लाहमै राजिनामा दिएको दोहोर्याएका छन् । उनीहरुले व्यक्तिगत रुपमा सोधिएको स्पष्टिकरणको जवाफ नदिने, र संस्थाका कामु सीइओ बद्री प्रसाद दुलाल संस्थामा रहेसम्म काम गर्न नसकिने भन्दै सबैको सामुहिक निर्णय गराएर व्यवस्थापनलाई पत्र पठाएका छन् ।
आशाका कर्मचारीले व्यवस्थापनले गरेको ‘मनपरी’का बारेमा थप स्पष्टसमेत पारेका छन् । दुलालसहितको टोली आएर कर्मचारीलाई दुर्व्यवहार गरेको, मापसे सेवन गरेर कार्यालय आएको, कर्मचारीलाई काम चोर भनेको, घर पठाईदिन्छु भनेर धम्की दिएको, मोबाइल जफत गरी व्यक्तिगत प्रोफाइल हेर्ने गरेको, प्रोफाइल हेरेपछि होच्याएर बोल्ने गरेको, सुरुदेखिकै खराब कर्जा नउठाए तिमीहरुले तिर्नुपर्छ भनेको, राती राती धम्क्याउने गरेको, मानसिक तनाव दिनेगरेको लगायतका आरोप लगाउँदै कर्मचारीहरुले दुलालको राजिनामा नै पहिलो सर्त राखेका छन् ।
कर्मचारीहरुले राजिनामा दिएका सबैबाट सामुहिक राजिनामा सबैले सल्लाहमै गरेको, व्यक्तिगत रुपमा आएको स्पष्टिकरणको जवाफ नदिने र दुलाल संस्थामा रहुन्जेलसम्म संस्थामा काम गर्ने वातावरण नहुने हुनाले पेलेर जान खोजिए देशभरका साखाहरु ठप्प पार्नेगरी संघर्षका कार्यक्रमहरु अघि बढाउने उल्लेख गरिएको छ ।
यस्तो छ आशा लघुवित्तका कर्मचारीहरुले व्यवस्थापनलाई पठाएको पत्रः



यता संस्थाका कामु सीइओ दुलालले भने आफुहरुमाथि लागेको आरोप पूर्ण रुपमा झुटो रहेको दाबी गरेका छन् । ‘निरीक्षणमा हिँडेपछि अलि बेलुकी पनि काम गरेको सत्य हो । तर जाँड खाएको, कर्मचारीलाई तर्साएको, धम्क्याएको लगायतका आरोपहरु पूर्ण रुपमा झुठो हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै दुलालले भने, ‘यस्तो किन गरियो भन्ने विषयमा आन्तरिक रुपमा बुझ्दैछौँ ।’
एक एक गरी कर्मचारीलाई सोधिएको स्पष्टिकरणका बारेमा भने उनले केहि कर्मचारीको गुनासो आएपछि त्यसो गरिएको दाबी गरेका छन् । ‘केहि कर्मचारीहरुले आफ्नो हस्ताक्षर दुरुपयोग भयो भनी गुनासो गर्नुभयो । त्यसैले हामीले कर्मचारीसँग यस विषयमा बुझ्न मात्र खोजेका हौँ । अन्यथा केहि होइन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै दुलालले भने, ‘हामी समस्या समाधानका लागि प्रयासरत छौँ । तर कर्मचारीले लगाएको आरोपमा सत्यता छैन, हामी खासै समस्या पनि देखिरहेका छैनौँ । अव आरोप लगाउने, वातावरण बिगार्ने भएपछि हामीले के समाधान गर्ने ?’ उनले भने ।
तलवको विषयमा भने संस्था गम्भीर रहेको उनको भनाई छ । ‘केहि साथीहरुको तलव र सुविधा फरक भएको सत्य हो । तर एक बर्षभित्र सो कुराको समाधान निकाल्ने सहमति यस अघि नै भईसकेको छ र यो कार्यान्वयन पनि हुन्छ । यसमा कुनै समस्या नै छैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्