×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘टिकटक बन्द गर्ने सरकारको निर्णय गलत छ’- गगन थापा 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘टिकटक बन्द गर्ने सरकारको निर्णय गलत छ’- गगन थापा 

Artha Sarokar

२७ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली काँग्रेका महामन्त्री गगन कुमार थापाले टिकटक बन्द गर्ने सरकारको निर्णय गलत भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको उक्त निर्णयप्रति प्रतिक्रिया राख्दै थापाले नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गलत भएको बताएका हुन् । 

थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको भन्दै टिप्पणी गरेका छन् । 

‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो । यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने/नगर्ने भन्दा पनि सरकारको नियतको विषय हो ।’, उनले लेखेका छन्, ‘अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्याउनुपर्छ । यसमा किन्तु, परन्तु केही पनि चल्दैन ।’

टिकटक बन्द गर्ने सरकारको निर्णयसँगै अहिले विभिन्न राजनीतिक दल तथा सामाजिक अभियान्ताहरुले सरकारको यो निर्णय गलत भएको टिप्पणी गरेका छन् । हाल सामाजिक सञ्जाललाई नियन्त्रण भन्दा पनि नियमन गर्नुपर्ने मत बलियो बन्दै गएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी