×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोसिस गर्दा गर्दै पनि अफ्ट्यारोमा परेका व्यवसायीहरुलाई सहजीकरण गरिदिन बैंकरहरुलाई गभर्नरको निर्देशन !

PRIME CA
GLOBAL IME BANK

कोसिस गर्दा गर्दै पनि अफ्ट्यारोमा परेका व्यवसायीहरुलाई सहजीकरण गरिदिन बैंकरहरुलाई गभर्नरको निर्देशन !

६ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

गभर्नर महाप्रसाद अधिकारीले परिस्थितिजन्य कारणले अफ्ठेरोमा परेका उद्यम-व्यवसायको प्रबर्द्धनका निम्ति निम्ति आवश्यक सहजीकरण गरिदिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएका छन् ।
‘क’, ‘ख’,’ग’, र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थासम्बद्ध बैंकर्स संघकाअध्यक्ष-प्रतिनिधिहरूसँग आज बैंकमा आयोजित अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो निर्देशन दिएका हुन् ।

‘असल मनशायले व्यवसाय सञ्चालन गर्दागर्दै पनि अर्थतन्त्रको प्रतिकूल अवस्था र परिस्थितिजन्य कारणले कसैलाई अफ्ठेरो परेको छ भने त्यस्ता व्यवसायीलाई सहजीकरण गरिदिनुस् । उद्योग-व्यवसाय सहज रूपमा सञ्चालन हुने
आवश्यक वातावरण बनाऔँ । त्यसको निम्ति आवश्यक नीतिगत समन्वय र अभिभावकत्व ग्रहण गर्न राष्ट्र बैंक सधैँ तयार छ ।’ कार्यक्रममा गभर्नर अधिकारीले निर्देशन दिंदै भने ।

वित्तीय स्थायित्वमा असर पार्नेगरी वित्तीय क्षेत्रविरुद्ध हुने अवाञ्छित गतिविधिप्रति कुनै किसिमको सम्झौता हुन नसक्ने गभर्नर अधिकारीले स्पष्ट पारे । त्यस्ता गतिविधि बैंकिङ कसुरजन्य कार्य भएको धारणा उनले रकाहे । ‘ऋण
लिएपछि तिर्नैपर्छ । कसैले तिर्दिन भन्छन् र तिर्नुपर्दैन भनेर ऋणीलाई उकास्छन् भने त्यस्ता गतिविधिलाई बैंकिब कसुरको दायरामा ल्याउनुपर्ने देखिन्छ ।’ उनले भने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: