×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘हिमालयन रिको आईपीओ रोकेर फाइल झिकाउने कुरा थियो, अन्तिममा स्पष्टिकरण पत्र मात्र गएछ’

PRIME CA

‘हिमालयन रिको आईपीओ रोकेर फाइल झिकाउने कुरा थियो, अन्तिममा स्पष्टिकरण पत्र मात्र गएछ’

१९ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । यतिबेला हिमालयन रिको विषयमा सार्वजनिक लेखा समितिले धितोपत्र बोर्ड र प्राधिकरणमा पठाएको पत्र चर्चामा छ । सो पत्रमा हिमालयन रि लगायत प्रिमियममा आएका अन्य कम्पनीहरुको बारेमा के कसो भएको हो भनी समितिका तर्फबाट प्रश्न गरिएको छ ।

‘बोर्डलाई सो पत्रबारे जानकारी गराइएको छ, तर बोर्डले सो पत्र बुझिसकेको छैन । सो पत्रमा प्रश्नमात्र सोधिएको र आईपीओ रोक्न निर्देशन नआएको भन्ने खबर आएको छ ।’ बोर्ड स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘सम्भवत भोलि बोर्डले सो पत्र बुझ्नेछ।’

यता सार्वजनिक लेखा समितिका लेखा समिति सचिव एकराम गिरीले प्रिमियमको आईपीओ रोक्न निर्देशन नदिईएको प्रष्ट पारे । उनले यस विषयमा बोर्डलाई पत्र काटिएको भने सत्य रहेको बताए ।

यद्यपी सार्वजनिक लेखा समितिका एक अर्का सदस्यले भने आईपीओ रोकेर फाइल झिकाउने कुरा भएको र अन्तिममा प्रष्टीकरणको पत्र गएको भन्दै आश्चार्य व्यक्त गरेका छन् । ‘अव पत्र जे गयो त्यहि नै आधिकारिक हुने भयो ।’ ती सदस्यले अर्थ सरोकारसँग भने, ‘हामीलाई हिमालयन रिको आईपीओ रोकेर फाइल झिकाउने कुरा भएको थियो, सोहि छलफल भएको थियो । हामीलाई उल्टै पंगु बनाइएछ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: