काठमाडौँ । नेपाल बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीतर्फ सबैभन्दा बढी उजुरी युनाइटेड अजोड इन्स्योरेन्सविरुद्ध परेको छ । गत आर्थिक वर्षमा युनाइटेड अजोड इन्स्योरेन्सविरुद्ध प्राधिकरणमा सबैभन्दा बढी १२ वटा उजुरी परेका छन् ।
त्यस्तै, युनाइटेड अजोड पछि निर्जीवन बीमा कम्पनीतर्फ सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स र शिखर इन्स्योरेन्सविरुद्ध ११-११ वटा उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा नियामक बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरुविरुद्ध कुल १०४ वटा उजुरी दर्ता भएका छन् ।
यस्तै जीवन बीमा कम्पनीतर्फ सबैभन्दा बढी उजुरी हिमालयन लाइफ इन्स्योरेन्सविरुद्ध परेको छ । हिमालयन लाइफ इन्स्योरेन्सविरुद्ध बीमा प्राधिकरणमा गत आर्थिक वर्षमा कुल १० वटा उजुरी दर्ता भएका छन् ।
हिमालयन लाइफ इन्स्योरेन्सपछि जीवन बीमा कम्पनीतर्फ सबैभन्दा बढी उजुरी नेपाल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स र रिलायवल लाइफ इन्स्योरेन्सविरुद्ध ७-७ वटा उजुरी परेका छन् ।
समग्रमा गत आर्थिक वर्षमा नियामक बीमा प्राधिकरणमा १२ जीवन बीमा कम्पनीविरुद्ध ५१ वटा उजुरी दर्ता भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्