काठमाडौँ । ज्योति विकास बैंकको कामु सीईओमा सिए कपिल ढकाल नियुक्त भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले कामु सीईओमा ढकाललाई नियुक्त गरेको हो ।
समितिले बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टको राजिनामा स्वीकृत गर्दै ढकाललाई कामु सीईओमा नियुक्त गरेको कम्पनी सचिव बलदेव थापाले जानकारी दिएका छन् । थापाका अनुसार ढकाललाई आजैबाट लागू हुनेगरी कामु सीईओमा नियुक्त गरिएको हो ।
ढकाल यसअघि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।
हाललाई बैंकको कामु सीईओमा नियुक्त गरे पनि केही समयपछि ढकाललाई बैंकको सीईओको जिम्मेवारी दिइनेछ । यस विषयमा बैंकको सञ्चालक समितिमा छलफल सुरु भइसकेको बुझिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्