×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकको पैसा ठगेर विदेश भाग्न खोज्ने कृषि विकास बैंकका कर्मचारीलाई ८ वर्ष कैदको सजाय 

अर्थ सरोकार

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार

PRIME CA

बैंकको पैसा ठगेर विदेश भाग्न खोज्ने कृषि विकास बैंकका कर्मचारीलाई ८ वर्ष कैदको सजाय 

काठमाडौँ । बैंकको पैसा ठगेर विदेश भाग्न खोज्ने कृषि विकास बैंकका कर्मचारीलाई अदालतले ८ वर्ष कैदको सजाय सुनाएको छ । न्यायाधीश यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले बिहीबार कृषि विकास बैंकका शाखा अधिकृतसमेत रहेका केदारप्रसाद गौतमलाई वर्षको कैद सजाय सुनाएको हो । 

८ वर्ष कैदको सजाय पाएका पाएका गौतम कृषि विकास बैंकको स्वयम्भू शाखामा कार्यरत रहेका थिए । विशेष अदालतले उक्त मुद्दा अदालतमा दर्ता भएको चार वर्षपछि अन्तिम फैसला सुनाएको हो । उक्त मुद्दामा आठजना प्रतिवादी रहेकामध्ये पाँचजना माथि कसुर कायम भएको छ भने तीनजनाले सफाइ पाएका छन् । 

भएको के हो ? 
कृषि विकास बैंकको स्वयम्भू शाखामा अधिकृत रहेका केदारप्रसाद गौतमले वि.सं २०७१ सालदेखि नै बैंकको रकम हिनामिना गर्दै आएका थिए । उनले २०७१ असोजदेखि २०७२ असारसम्मको रकम हिनामिना गरेको भेटिएको थियो । गौतमले बैंकमा तेजबहादुर थापा नामको नक्कली नागरिकता प्रयोग गरी फर्जी कारोबार देखाएर रेमिटबाट आएको पैसा अपचलन गर्थे । यतिसम्म कि उनले कार्यालय समय बाहेकको समयमा पनि थप काम गर्ने भन्दै बैंकमै बसेर आर्थिक अपचलन गर्ने गर्दथे ।

यसरी बैंकमा विभिन्न नाममा किर्ते कागज बनाएर रकम अपचलन गरेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतममाथि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा अख्तियारले उनले बैंकलाई आर्थिक क्षति पुर्याएको भन्दै उनीविरुद्ध अदालतमा मुद्धा दायर गरेको थियो । अनुसन्धानका क्रममा बैंकको रकम अपचलन गरेका गौतमले नक्कली राहदानी बनाएर विदेश जाने तयारी गरेकोसमेत खुलेको थियो । बैंकको रकम हिनामिना गर्ने कार्यमा गौतमलाई कृष्णहरि थापाले सघाएको पाइएको थियो । उनले पनि राजीव थापाको नाममा नक्कली नागरिकता बनाएर गौतमसँग मिलेर बैंकको रकम हिनामिना गरेको पाइएको थियो । 

उक्त मुद्दामा अदालतले सम्झना पोखरेल, सन्दिप गुप्ता र सूर्यबहादुर लिम्बुलाई पनि १/१ महिना कैद सजाय सुनाएको छ । सम्झना गौतमकी श्रीमती हुन् । उनले गौतमलाई बैंकको रकम हिनामिना गर्ने कार्यमा सघाएको अदालतले ठहर गरेको छ । उनी आफ्नो नाममा रहेको जग्गा बेचेर भारत जाने तयारीमा रहेकी थिइन् । त्यस्तै, १ महिना कैदको सजाय सुनाइएका सन्दिप गुप्ताले गौतमले गैरकानुनी रुपमा बैंकबाट निकालेको रकम अन्य खातामा जम्मा गरिदिएर सहयोग गरेका थिए । 

त्यस्तै, अदालतले सोही मुद्दाका प्रतिवादी बनाइएका भरतबहादुर बानियाँ, जेनी श्रेष्ठ गौतम र सुमन भुजेललाई भने सफाइ दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: