काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर लक्ष्मी प्रपन्न निरौलाले देशको अर्थव्यवस्थामा सुधारको खाँचो रहेको बताएका छन् । केही ठूला व्यवसायीले लिएको ऋण समयमै भुक्तानी नहुने तर थपिँदै जाने प्रवृृत्तिले गर्दा अर्थव्यवस्थालाई गम्भीर नकारात्मक असर परिरहेको केन्द्रीय बैंकका प्रवक्ता समेत रहिसकेका निरौलाले यस्तो बताएका हुन् ।
उनले आयातमुखी अर्थतन्त्रमा नै रमाईरहँदा देशको आन्तरिक उत्पादन तहसनहस भएको बताएका छन् । पूर्व डेपुटी गभर्नर निरौलाले आयातमुखी अर्थतन्त्रमा नै रमाईरहँदा देशको आन्तरिक उत्पादन तहसनहस भएको भन्दै आन्तरिक उत्पादनलाई बढाउँदै हाल उपलव्ध श्रोत र साधनलाई अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
‘हाम्रो अर्थतन्त्रमा संरचनात्मक समस्याहरु छन् । जब हाम्रो अर्थतन्त्र आयातमुखी अर्थतन्त्रको रुपमा विकास गर्दै गयौं । जानेर नजानेर अथवा हामीसँग क्षमता कम भएर अथवा जुनसुकै परिस्थिति भएपनि हामीले अर्थतन्त्रलाई आयातमुखी अर्थतन्त्रको रुपमा विकास गर्यौं ।’
उनले भने, ‘आयातमुखी अर्थतन्त्रको रुपमा विकास गरेपछि बजारमा बस्तु र सेवाको माग घट्नासाथ स्वभाविक रुपमा राजस्व घट्छ, विदेशमा उत्पादन भएका बस्तुहरु त्यहि मूल्य वृद्धि भएर देशभित्र आउने हो । महँगी बढ्ने भयो र हामीले आयातमुखी अर्थतन्त्रमा नै रमाईरहँदा हाम्रो आन्तरिक उत्पादन तहसनहस भयो । त्यसैले अहिले आन्तरिक उत्पादनलाई जसरी पनि बढाउनुपर्छ । उपलव्ध श्रोत र साधनलाई अधिकतम प्रयोग गर्नुपर्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्