×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एउटै व्यक्तिलाई १७ लघुवित्तबाट ५२ लाख ऋण !

अर्थ सरोकार

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार

PRIME CA

एउटै व्यक्तिलाई १७ लघुवित्तबाट ५२ लाख ऋण !

काठमाडौँ । नेपाल राष्ट्र बैंकद्वारा लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गठित समितिले एकै व्यक्तिले विभिन्न लघुवित्तबाट ५२ लाख ऋण लिएको देखाएको छ । अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै समितिले एकै ऋणीलाई १७ वटा लघुवित्तले २२ वटा कर्जा खातामार्फत ५२ लाख १७ हजार ८ सय ३४ रुपैयाँ कर्जा प्रवाह गरेको देखाएको हो ।

यतिमात्र होइन, एउटै ऋणीले अधिकतम २३ वटा लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएकोसमेत देखिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, ४ लाख १८ हजार सात सय २२ जना ऋणीले दुई वा सोभन्दा धेरै लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएको देखिएको प्रतिवेदनमा उल्लेख छ । यसरी एउटै ऋणीलाई धेरै लघुवित्तले ऋण दिनुमा कर्जा प्रवाहसम्बन्धी कमजोर कानून र कर्मचारीमा टार्गेट पूरा गर्ने होडबाजी देखिएको समितिका एक सदस्यले बताएका छन् । र यही कारण लघुवित्तको ठूलो कर्जा जोखिममा रहेको पाइएको छ ।

समितिको प्रतिवेदनअनुसार लघुवित्तका कुल ऋणीमध्ये ११.७ प्रतिशतले दुई वटा संस्थाबाट, ५.६ प्रतिशतले तीनदेखि पाँच वटा संस्थाबाट, ०.८ प्रतिशतले ६ देखि १० वटा र ०.१ प्रतिशतले १० भन्दा बढी संस्थाबाट ऋण लिएको देखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: