×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकमा डाक्टर सापको राजिनामा, दोश्रोपटक अध्यक्ष बने रोशन केसी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

माछापुच्छ्रे बैंकमा डाक्टर सापको राजिनामा, दोश्रोपटक अध्यक्ष बने रोशन केसी

Artha Sarokar

७ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । माछापुच्छ्रे बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले राजीनामा दिएका छन् । मंसिर ७ गते (बिहीबार) महतोले बैंकको सञ्चालक समितिसमक्ष अध्यक्ष पदबाट राजिनामा दिएका हुन् । 

गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापकसमेत रहेका महतोको राजीनामा बैंकको सञ्चालक समितिले स्वीकृतसमेत गरिसकेको छ । 

राजीनामा स्वीकृत गरेको जानकारी समितिले एक विज्ञप्तिमार्फत जनाएको छ । 

डा. महतोको राजिनामा स्वीकृत गरेसँगै समितिले बैंकको अध्यक्षमा रोशन केसीलाई नियुक्त गरेको छ । सञ्चालक समितिका सदस्य रहेका केसीलाई समितिको ४९१ औँ बैठकले मंसिर ७ गतेदेखि लागू हुनेगरि अध्यक्षमा नियुक्त गरिएको बैंकले जनाएको छ । केसी पोखरा महानगरपालिका–७ का बासिन्दा हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी