Skip to content
LAXMI SUNRISE BANK

मीनबहादुर गुरुङद्धारा राहतकोषमा १ करोड ११ लाख सहयोग

अर्थ सरोकार

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङले भूकम्प पीडितको सहयोगार्थ १ करोड बढी रकम हस्तान्तरण गरेका छन् । गुरुङले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

शुक्रबार राती जाजकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट प्रभावित परिवारको उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाको लागि सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन् ।

सोमबार बिहान गुरुङ दम्पत्तीले सो रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई हस्तान्तरण गरेका हुन् । भूकम्प पीडितका लागि भन्दै निजी क्षेत्रबाट यति ठूलो रकम सहयोग गर्ने गुरुङ पहिलो व्यवसायी हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK