×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी जग्गा हिनामिनाको बात लागेका मीनबहादुर, बढी कर तिरेको भन्दै सरकारबाटै सम्मानित ! 

PRIME CA

सरकारी जग्गा हिनामिनाको बात लागेका मीनबहादुर, बढी कर तिरेको भन्दै सरकारबाटै सम्मानित ! 

७ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सरकारी जग्गा हिनामिनाको बात लागेका व्यवसायी मीनबहादुर गुरुङ सरकारबाटै सम्मानित भएका छन् । राष्ट्रिय कर दिवसको अवसरमा आयोजित राष्ट्रिय कर सप्ताह समापन समारोहमा सरकारले भाटभटेनी सुपरमार्केटका मालिकसमेत रहेका व्यवसायी मीनबहादुर गुरुङलाई बढी कर तिरेको भन्दै सरकारले सम्मानित गरेको हो । 

बिहीबार आयोजित उक्त कार्यक्रममा आन्तरिक राजस्व विभागले गुरुङलाई सम्मान गरेको हो । गत आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै कर तिरेको भन्दै भाटभटेनीका मालिक गुरुङलाई सम्मान गरिएको छ । 

आन्तरिक राजस्व विभागका अनुसार भाटभटेनी सुपरमार्केटले वस्तु व्यापारको कारोबार मध्ये सबैभन्दा बढी कर दाखिला गरेको जनाएको छ । सोही कारण गुरुङलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्मान गरेका हुन् । 

गुरुङ यसअघि ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका थिए । पछि जिल्ला अदालत काठमाडौँले गुरुङलाई २ करोड ४६ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । गुरुङविरुद्धको उक्त मुद्धा हाल अदालतमा विचाराधीन छ । बिहीबार सरकारले गुरुङसहित विभिन्न १६ विधामा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: