×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१३ तस्विरमा हेर्नुहोस् मनै लोभ्याउने मुस्ताङको सुन्दर दृश्य… (फोटो-कथा)

PRIME CA

१३ तस्विरमा हेर्नुहोस् मनै लोभ्याउने मुस्ताङको सुन्दर दृश्य… (फोटो-कथा)

१२ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्राकृतिक सुन्दरता, धार्मिक एवं जैविध विविधताले भरिएको मुस्ताङको सौन्दर्यमा रमाउनेहरु बढेका छन् । हिमालपारीको जिल्ला मुस्ताङ आफैमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । मुस्ताङमा घुमफिर गरेर रमाउनका लागि थुप्रै धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरु रहेका छन् । पछिल्लोपटक मुस्ताङमा स्वदेशी र विदेशी पर्यटकहरु धेरै पुग्ने गरेका छन् ।

यस्तै, पछिल्लोपटक नेपालीहरुमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएसँगै अहिले देशका विभिन्न जिल्लाहरुबाट मुस्ताङ घुम्न जाने पर्यटकहरुको भीड लाग्ने गरेको छ । जोमसोमदेखि माथिल्लो मुस्ताङसम्मै यातायात सुविधा उपलब्ध छ ।

जोमसोमबाट एक दिनको जिप यात्रामा उपल्लो मुस्ताङसम्मै पुग्न सकिन्छ । देशमा मुस्ताङ क्षेत्रमा कागबेनी, नौतले गुफा, थकाली संस्कृति, मनमोहक प्राकृतिक दृश्य र कोरला नाका आदि ठाउँहरु प्रसिद्ध छन् । बाँकि फोटो फिचरमा हेर्नुहोस्:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: