काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले भूकम्प पीडितहरुलाई ५० लाख सहयोग गर्ने भएको छ । एनसेलले शक्तिशाली भूकम्पका कारण प्रभावित जाजरकोट र रुकुम पश्चिमका पीडितहरुका लागि तत्काल ५० लाख सहयोग गर्ने घोषणा गरेको हो ।
एक विज्ञप्ती जारी गर्दै एनसेलले भूकम्प पीडितको उद्धार, उपचार तथा राहतका लागि सहयोगार्थ ५० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको हो ।
एनसेलले उक्त रकम कर्णाली प्रदेश सरकारमार्फत पीडितसम्म पुर्याउने जनाएको छ । त्यस्तै, एनसेलले भूकम्प प्रभावित क्षेत्रका ग्राहकलाई ४० लाख ब्यालेन्स बराबरको सेवाहरु निःशुल्क उपलब्ध गराउने घोषणा समेत गरेको छ ।
एनसेलमार्फत यसरी पाइने सेवाहरुमा देशका अन्य नेटवर्क र विदेशमा पनि फोन गर्न मिल्ने सेवा, डेटा र एसएमएस रहेका छन् । एनसेलको यस्तो सुविधाको समयसीमा १५ दिनको रहने छ ।
यसो त नेपाल टेलिकमले पनि भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिम र रुकुम पूर्वमा पाँचदिसम्म टेलिफोन र एसएमएस सेवा निःशुल्क उपलब्ध गराउने घोषणा यसअघि नै गरिसकेको छ । यसका लागि टेलिकमले पाँच दिनसम्मको निःशुल्क भ्वाइस र एसएमएस भएको सिमाकार्ड उपलब्ध गराउने काम अघि बढाइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्