काठमाडौँ । हुम्लाबाट बाँके उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको जहाजमा समस्या देखिएको छ । सोमबार हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न लागेको नेपाल एयरलाइन्सको लाइन एन–एबीयू कलसाइनको जहाजमा समस्या देखिएको हो ।
उड्न ठिक्क परेको जहाजमा अचानक प्राविधिक समस्या आएपछि बोर्डिङ पास लिएर जहाज चढेका यात्रुहरुलाई जहाजबाट झारिएको छ ।
जहाजमा समस्या देखिँदा सयमा उड्न नपाएपछि यात्रुहरु समस्यामा परेका छन् । हाल जहाज मर्मतका लागि नेपालगन्जबाट प्राविधिक टोली हुम्ला पठाइएको छ । जहाजमा के समस्या देखिएको हो ? भन्ने खुलेको छैन ।