×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालको पहिलो बैंक नेपाल बैंक ८७औँ वर्षमा प्रवेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपालको पहिलो बैंक नेपाल बैंक ८७औँ वर्षमा प्रवेश

Artha Sarokar

३० कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालको पहिलो बैङ्क नेपाल बैङ्कले ८६ वर्ष पूरा गरी ८७औँ वर्षमा प्रवेश गरेको छ । सार्वजनिक निजी साझेदारी ९पीपीपी० मोडलमा १० जना लगानीकर्ताहरूले ८ लाख ४२ हजार, चुक्ता पुँजी, निक्षेप १७ लाख र १९ लाख लगानीमा सो बैंक स्थापना भएको थियो ।

सार्वजनिक निजी साझेदारी ९पीपीपी० मोडलमा १० जना लगानीकर्ताहरुले सुरु गरेको बैंकको चुक्ता पुँजी ८ लाख ४२ हजार र निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो ।

८७ वर्ष अघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैंकको चुक्ता पुँजी अहिले १४ दशमलव ६९ अर्ब रहेको छ ।

वि।सं। २०८० आषाढ मसान्तसम्म बैकले २ खर्ब ४४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८४ अर्ब कर्जा प्रदान गरेको जनाएको छ ।

प्रत्येक वर्ष संचालन मुनाफामा बढोत्तरी हुँदै गएको यस बैंकको जगेडा कोषमा २१ दशमलव ८८ अर्ब रुपैयाँ रहेको छ भने पुँजी पर्याप्तता अनुपात १४ दशमलव ४९ प्रतिशत र नेटवर्थ ३६ दशमलव ५८ अर्ब भन्दा बढी रहेको छ ।

बैंकले विगत आव २०७६र७७ देखि आफ्ना शेयरधनीहरुलाई नियमित रुपमा वोनस शेयर तथा नगद लाभांश प्रदान गर्दै आइरहेको छ । ‘प्रशस्त अचल सम्पत्ति, निक्षेप तथा कर्जा वृद्धि, न्यून आधार दर तथा ब्याजदरका सूचकहरुमा बैंक दरिलो तथा प्रतिस्पर्धी रहेको छ भने संस्थागत सुशासनलाई थप मजबुत बनाएको छ’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

स्थापनाको शताब्दीको हाराहारी अनुभव बटुलेको ऐतिहासिक बैंकिङ धरोहरले नेपाली मुद्रा र नेपाली नोट प्रचलनमा सहजता ल्याउन भूमिका खेलेको थियो ।

नेपाल बैंकले आफ्नो स्थापना कालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व वि। सं २०१२ सम्म देशको केन्द्रीय बैंकको कार्य समेत गरेको थियो ।

नेपाली माटो र हरेक नेपालीजनसँग प्रगाढ सम्बन्ध गाँसिएको यस बैंक बालक, युवा, प्रौढ हुँदै जेष्ठ नागरिक सबैको रोजाइकोमा पर्न सकेको बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी