काठमाडौँ । नेपाल राष्ट्र बैंकले जमानतदातालाई कालोसूचीमा राख्ने प्रक्रियामा फेरबदल गरेको छ । बुधबार बैंक तथा वित्तीय संस्थाको लागि नयाँ निर्देशन जारी गर्दै राष्ट्र बैंकले जमानतदातालाई कालोसुचीमा राख्ने प्रक्रियामा फेरबदल गरेको हो ।
राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशन अनुसार अब जमानतदातालाई कालोसूचीमा राख्नुपूर्व ऋणीले बैंक तथा वित्तीय संस्थामा राखेको धितो लिलाम गर्नुपर्नेछ । यसरी धितो लिलाम गरी बैंक तथा वित्तीय संस्थाले गरेको असुलीबाट प्रयाप्त रकम नउठे सोको भुक्तानीका लागि जमानतदातालाई ९० दिनको समय दिनुपर्नेछ । यसअघि यो अवधि ३५ दिन रहेको थियो ।
उक्त समयावधिभत्र पनि रकम असुली नभएमा बैंक तथा वित्तीय संस्थाले जमानतदातालाई कालोसूचीमा राख्न पाउनेछन् । यस्तो छ राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनः
Circular-5-ABC_mergedयसअघि जमानतदाता हुनुपर्नेमा ऋणी भएकोमा सच्याइएको छ । (सम्पादक)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्