×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक सातामै बैंक तथा वित्तीय संस्थाबाट २५ अर्ब निक्षेप तान्दै नेपाल राष्ट्र बैंक, बैंकहरुमा पैसा धेरै भएको हो ? 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एक सातामै बैंक तथा वित्तीय संस्थाबाट २५ अर्ब निक्षेप तान्दै नेपाल राष्ट्र बैंक, बैंकहरुमा पैसा धेरै भएको हो ? 

१४ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट १५ अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । बैंकले बिहीबार बोलकबोलमार्फत तरलता व्यवस्थापनका लागि भन्दै बैंक तथा वित्तीय संस्थाबाट १५ अर्ब रुपैयाँ निक्षेप तान्न लागेको हो । निक्षेप संकलनको उक्त उपकरणको अवधि ७ दिन रहेको राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । 

राष्ट्र बैंकले उक्त निक्षेपको साँवा र ब्याज भुक्तानी मिति मंसिर २१ गते तोकेको छ । उक्त निक्षेपको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले तान्न लागेको निक्षेपका लागि बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोड निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्मको माग गर्न सक्नेछन् । उक्त निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागी हुन सक्नेछन् ।

राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट निक्षेप तानेको यो दोस्रो पटक हो । यसअघि राष्ट्र बैंकले मंसिर १२ गते बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब निक्षेप तानेको थियो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: