काठमाडौँ । नेपाल आयल निगम ऋणमुक्त बनेको छ । सरकारबाट लिएको ७ अर्ब ऋणमध्ये अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ तिरेपछि आयल निगम ऋणमुक्त बनेको हो । निगमले मंगलबार अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा ऋणबापतको बाँकी रकम भुक्तानी गरेको हो ।
कच्चा तेल र प्रशोधित तोलको मूल्य अन्तराष्ट्रिय बजारमै बढेपछि भारतीय आयल कर्पोरेसन (आईओसी) सँग करिब ३३ अर्ब, वाणिज्य बैंकसँग ३ अर्ब र नेपाल सरकारसँग ७ अर्ब ऋण लिएको थियो । जसमध्ये आईओसीलाई तिर्नुपर्ने बक्यौता निगमले जून ३१ मा साँवा र जुलाई ८ मा ब्याज तिरेको थियो । त्यस्तै निगमले वाणिज्य बैंकसँग लिएको ३ अर्ब ऋण ३ महिनामै चुक्ता गरेको थियो ।
मंगलबार सरकारलाई तिर्न बाँकी रहेको ७ अर्ब ऋणको अन्तिम किस्ताबापतको ७० करोड भुक्तानी गरेपछि अब भने नेपाल आयल निगम ऋण मुक्त भएको छ ।
यसो त अन्तराष्ट्रिय बजारमा मूल्य घटे पनि नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको थिएन । यही कारण पनि निगमले तिर्नुपर्ने बक्यौता रकम तिर्न सफल भएको बताएको छ ।
हाल निगम ऋण मुक्त भएकाले नेपाली बजारमा अब भने पेट्रोलियम पदार्थको मूल्य घट्ने देखिएको छ । अब छिट्टै निगमको सञ्चालक समितिको बैठक बस्ने र पेट्रोलियम पदार्थको मूल्य समायोजनका विषयमा निर्णय गर्ने निगमका कार्यकारी निर्देशक उमेश थानीले बताएका छन् । निगम स्रोतका अनुसार बोर्ड बैठकबाट पेट्रोलियम पदार्थको मूल्य केही घटाउने गरी तयारी गरिएको बुझिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्