काठमाडौँ । कैलालीबाट बैंक एकाउन्ट ‘ह्याक’ गर्ने गिरोह पक्राउ परेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीबाट उक्त गिरोहलाई पक्राउ गरेको हो ।
उक्त गिरोहले धनगढिस्थित नेपाल राष्ट्र बैंकको कार्यालय नजिक आफ्नै कार्यालय स्थापना गरी बैंक एकाउन्ट ‘ह्याक’ गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक अनिल विष्टले बताएका छन् । विष्टका अनुसार पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रदेश अपराध अनुसन्धानको टोलीको लामो अनुसन्धानपछि बुधबार कैलाली प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुको परिचय भने अहिले खुल्न सकेको छैन् ।
पक्राउ परेका व्यक्तिहरुबाट १० थान ल्यापटप बरामद गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्