×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘भूकम्प पीडितलाई मनपरी राहत बाँड्न दिदैनौँ, राहत बाँड्न चाहनेले एकद्वार प्रणालीबाटै जानुपर्छ’- प्रधानमन्त्री 

PRIME CA

‘भूकम्प पीडितलाई मनपरी राहत बाँड्न दिदैनौँ, राहत बाँड्न चाहनेले एकद्वार प्रणालीबाटै जानुपर्छ’- प्रधानमन्त्री 

१९ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भूकम्प प्रभावित क्षेत्रमा मनपरी राहत बाँड्न नदिने बताएका छन् । मन्त्रिपरिषद् बैठकलगत्तै बसेको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले राहत वितरण र पुनस्र्थापनामा सरकारले एकद्वार प्रणाली अपनाएकोले जथाभावी राहत बाँड्न नदिने बताएका हुन् ।

भूकम्प प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय निकाय र संघ संस्थाले सघाउने घोषणा गरिसकेको र सो कार्यलाई प्रभावकारी बनाउन एकद्वार प्रणालीबाटै पीडितको पुनर्स्थापनाको नेतृत्व सरकारले गर्ने प्रचण्डको भनाई छ । 

‘यो परिस्थितिमा विगतमा जस्तो जसले, जहाँबाट मन लाग्छ त्यहाँबाट सहयोग पठाउने र आफ्नै ढंगबाट खर्च गर्न दिने छैनौँ ।’, प्रधानमन्त्री दाहालले भने, ‘हामी सबैले यसमा सहयोग गर्नुपर्छ । राहत वितरण र पुनर्स्थापना कार्य एकद्वार प्रणालीबाटै लाग्नुपर्ने हुन्छ । त्यसमा मुख्य केन्द्र काठमाडौं हुन्छ । दोस्रो केन्द्र सुर्खेत र तेस्रो अहिले नेपालगञ्ज हुन्छ ।’ 

त्यस्तै, प्रचण्डले कसैले भूकम्प पीडितका लागि सहयोग गर्न चाहेमा हाललाई गृहमन्त्रालयको समन्वयमा नेपालगञ्जको संरचनासँग अनिवार्य रजिस्टर गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, भूकम्प प्रभावित क्षेत्रमा उद्धारको काममा राज्यका सबै संयन्त्र लागि परेकोले थप आवश्यक परे रेस्क्युका लागि दक्ष जनशक्ति तत्काल परिचालन गरिने पनि बताएका छन् । योसँगै उनले आवश्यकताअनुसार कम्बल, त्रिपाल, खानेकुराहरूको व्यवस्था गर्नुका साथै भूकम्पको कारणले अवरूद्ध भएका सडकहरूलाई चाँडै खुलाउनका लागि पनि प्रयासहरू भइरहेको बताएका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: