काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सिंहदरबारको नयाँ कार्यालयमा सरेका छन् । बुधबार प्रधानमन्त्री प्रचण्ड सिंहदरबारको पश्चिमतर्फको २०७२ मा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिङ गरेर बनाइएको कार्यालयमा सरेका हुन् ।
नयाँ कार्यालयमा सरेपछि प्रधानमन्त्री प्रचण्डले ठाउँमात्र सारिएको नभएर कामको प्रकृति र गुणस्तर पनि अब नयाँ ढङ्गले जाने सङ्कल्प रहेको महसुस गरेको बताएका छन् । ‘यो ठाउँमात्र सारिएको होइन । कामको प्रकृति र गुण पनि अब नयाँ ढङ्गले जाने सङ्कल्प यसभित्र रहेको मैले महशुस गरेको छु ।’, उनले भन ।
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट क्षति भएको १२० वर्ष पुरानो भवनको मूल संरचनालाई कायमै राखेर रेट्रो फिटिङ गरिएको जानकारी दिए । उनले नयाँ कार्यालयमा आउँदा सबैतिर देखिने, ठाउँ पनि ठूलो भएको कारणले अलि बढी दिमाग फुर्छ होला भन्ने महशुस गरेको बताए ।
उनले भने, ‘१२० वर्ष पुरानो यो भवनलाई त्यसको मूल संरचनालाई जस्ताको त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रो फिटिङ पूरा गरेर सरेका छौं । मलाई कताकता अहिले बसेको ठाउँमा बस्दा गुम्म परेको जस्तो, त्यति फ्रेस नहुनेजस्तो लाग्थ्यो । यो ठाउँमा आउँदा सबैतिर देखिने, स्पेस पनि ठूलो, सबै कारणले अलि बढी फुर्छ होला दिमाग भन्ने महशुस गरेको छु ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्