×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिहारपछि अर्थमन्त्री फेर्ने प्रधानमन्त्रीको तयारी !

अर्थ सरोकार

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार

PRIME CA

तिहारपछि अर्थमन्त्री फेर्ने प्रधानमन्त्रीको तयारी !

काठमाडौं । तिहारपछि अर्थमन्त्री फेरिने भएका छन् । काँग्रेसकै अनुरोधमा प्रधानमन्त्रीले गृह मन्त्रालय र अर्थ मन्त्रालयको नेतृत्व परिवर्तन गर्न लागेका हुन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार नेपाली कांग्रेसले अर्थ र गृह दुबै आफुले पाउनुपर्ने भनेको छ । तर माओवादी केन्द्रले मन्त्री परिवर्तन गर्न समस्या नभए पनि दुबै मन्त्रालय दिन नसकिने बताईरहेको छ । काँग्रेसले अर्थमन्त्रीमा गगन थापासहित ३ जनाको नाम अर्थमन्त्रीका लागि अघि सारेको छ । माओवादीले भने काँग्रेसले गृह लिन चाहेको खण्डमा अर्थमन्त्रीमा माओवादीका जनार्दन शर्मालाई अघि सारेको छ । वा उर्जामा अरु कसैलाई पठाएर शक्ति बस्नेतलाई अर्थको जिम्मेवारी दिन सकिनेबारे पनि छलफल सुरु गरेको छ ।

गृह पाएको खण्डमा अर्थ मन्त्रालय छोड्न तयार भएको कांग्रेसले गृह पाएको खण्डमा कसलाई पठाउने भन्ने विषयमा भने छलफल सुरु गरिनसकेको दाबी कांग्रेस नेताहरुको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: