×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारबारे संसदमा रवि, भन्छन्- ‘आईपीओका नाममा नागरिक ठग्ने काम भयो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सेयर बजारबारे संसदमा रवि, भन्छन्- ‘आईपीओका नाममा नागरिक ठग्ने काम भयो’

Artha Sarokar

१६ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदमा सेयर बजारबारे आवाज उठाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा रविले सेयर बजारबारे बोलेका हुन् ।

उनले पछिल्लो समय घाटामा गएका कम्पनीले पनि ‘कृतिम नाफा’ देखाएर आईपीओ जारी गर्ने प्रवृत्तिप्रति आपत्ति जनाएका छन् । आईपीओ जारी गरेर जनता ठग्ने प्रवृत्तिको बेलैमा अन्त्य गर्नुपर्ने उनले बताएका छन् ।

‘अहिले आईपीओका नाममा पनि घाटा लागेका संस्थाहरुलाई बुकमा नाफा देखाएर नागरिकको पैसा ठग्ने काम सुरु भएको छ ।’, उनले भने, ‘समयमै यी विषयमा ध्यान दिइएन भने हामी अर्को ठूलो संकटतर्फ पुग्नेछौँ ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी