×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पुराना दलबाट आएका केही व्यक्तिबाट पार्टीलाई खतरा भयो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘पुराना दलबाट आएका केही व्यक्तिबाट पार्टीलाई खतरा भयो’

Artha Sarokar

१४ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अन्य दलबार आएका केही व्यक्तिबाट पार्टीमा खतरा देखिएको बताएका छन् । बुधबार महोत्तरीको जलेश्वरमा पार्टीको केन्द्रीय बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै रविले अन्य दलबाट रास्वपा प्रवेश गरेका केही व्यक्ति गलत प्रवृत्तिका रहेको बताएका हुन् । त्यस्ता व्यक्तिबाट पार्टीलाई खतरा हुनसक्ने रविले औँल्याएका छन् । 

‘केही पूर्व पार्टीकै गलत प्रवृत्ति बोकेर आएको देखिन्छ । फरक राजनीतिक संस्कार र संस्कृतिको पक्षपाती हामीलाई तीमध्ये खराबहरुले क्रमशः दबाब र प्रभावमा पनि पार्न सक्ने देखिन्छ ।’, प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै, रविले आफ्नो पार्टीमा अवसर नपाएर व्यक्तिगत स्वार्थका लागि रास्वपामा प्रवेश गर्नेदेखि सावधान रहनसमेत पार्टीका अन्य नेताहरुलाई आग्रह गरेका छन् । 

पछिल्लो समय पुराना दलप्रतिको वितृष्णाका कारण रास्वपाप्रतिको आकर्षण बढ्दो रहेकाले चनाखो हुनुपर्ने रविले बताएका छन् । त्यस्तै, रविले रास्वपामा राम्रा मान्छे आउन नदिनका लागि पनि पार्टी भित्रैबाट प्रयास गरिएको आशंका व्यक्त गरेका छन् । साथै उनले पार्टीभित्र समस्या पार्ने गतिविधि नगर्न र गलत प्रवृत्तिका मान्छेलाई पार्टीमा ल्याउने जस्ता कार्यमा सजग रहन पनि आग्रह गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी