काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आईपीओ र राइट रोक्ने कुनै पनि निर्णय नभएको बताएका छन् । ‘बोडद्धारा आईपीओ र राइटको स्वीकृति रोकियो’ भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आउन थालेपछि अध्यक्ष हमालले यसबारे कुनै पनि निर्णय नभएको बताएका हुन् ।
नयाँ आईपीओ र राइटको बाढीले सप्लाई बढाएर बजारमा नकारात्मक प्रभाव पारेको गुनासोका आधारमा यसको सम्बोधनका लागि छलफल मात्रै भएको अध्यक्ष हमालले बताए । ‘बाहिर चलेको हल्लाजस्तो हामीले आईपीओ र राइट रोक्ने कुनै निर्णय गरेका छैनौँ ।’, अध्यक्ष हमालले भने, ‘मापदण्ड पूरा गरेका कम्पनीको आईपीओ र राइट रोक्ने अधिकार बोर्डसँग छैन ।’
बरु बजारको सप्लाई व्यवस्थित गर्न नयाँ आईपीओको अनुमतिलाई सुस्त बनाएको बोर्ड अध्यक्ष हमालले बताएका छन् । उनका अनुसार हाल कम्पनीको महत्वका आधारमा अनुमति दिने गरेको तर स्वीकृति नै दिन रोक्ने निर्णय नभएको स्पष्ट पारेका छन् ।
यद्यपी अहिले निष्कासनको अनुमति पाइसकेकाहरुलाई निष्कासनमा रोक नलगाएर थपलाई रोक लगाउनेगरी उपायको खाजी भईरहेको र यसबारे छलफल मात्रै भएको अध्यक्ष हमालले बताएका छन् । त्यस्तै, अब आईपीओ स्वीकृतिको अधिकार नै सञ्चालक समितिलाई दिनेगरीसमेत छलफल सुरु भएको र सोही अनुसार प्रक्रिया अघि बढाएको पनि अध्यक्ष हमालले बताएका छन् ।
चौतर्फी रुपमा राम्रो काम गर्दा पनि सप्लाई बढेर बजार घट्दा बोर्ड नेतृत्वमाथि आलोचना बढेको भन्दै अर्थ मन्त्रालयका अधिकारीहरुले दिएको सुझावका आधारमा यस विषयमा बोर्डमा छलफल सुरु भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्